जुस व्यवसाय फस्टाउँदै

काठमाण्डु टुडे २०७० चैत २७ गते १२:३३ मा प्रकाशित

वीरगन्ज, २७ चैत – बढ्दो गर्मीसँगै उखु जुसको व्यवसाय फस्टाउन थालेका छन् ।

चैतको दोस्रो सातायता यहाँ अत्यधिक गर्मी सुरु भएको छ । बढ्दो गर्मीसँगै उखुको जुस पिउनेको भिड बजारमा बढ्न थालेको छ । यसबाट जीवन गुजाराका लागि वीरगन्ज बजारमा हाते मेसिनबाट जुस बनाउने साना व्यापारी हर्षित भएका छन् ।

‘यतिबेला उखुको जुस पिउनेको सङ्ख्या अप्रत्याशित ढङ्गले वृद्धि भएको छ’ वीरगन्ज बजारमा १० वर्षदेखि उखु पेलेर जीविकोपार्जन गर्दै आएका राजेशकुमार पटेलले भने, ‘हिजोआज बजारमा बिहान सबेरैदेखि उखुको जुस पिउन सर्वसाधारण उपभोक्ताको भिड देखिन थालेको छ ।’

उनले उखुको जुस बेचेर प्रत्येक याममा ५० देखि ६० हजार आम्दानी गर्दै आएका छन् । अहिले वीरगन्जको तापक्रम औसत २४ डिग्री सेल्सियस रहने रहने गरेको छ ।

उखुको रस पिउ“दा पेटको गर्मी निको हुने, कमलपित्त र कलेजोको समस्या, पिसाब पोल्नेलगायत रोग ठीक हुने मान्यताका कारण उखुको जुस पिउने उपभोक्ता बर्सेनि बढिरहेका छन् । विशेषगरेर गर्मीयाममा आपूmले नियमित जुस पिउने गरेको वीरगन्जका व्यवसायी राजेश अग्रवालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us