निर्वाचन आयोग सरकारी सुरक्षाफौजको नियन्त्रणमा

काठमाण्डु टुडे २०७० चैत १७ गते ४:०४ मा प्रकाशित

काठमाण्डु, १७ चैत– अफगानिस्तानको सदरमुकाम काबुलस्थित निर्वाचन आयोगको कार्यालय पुन: सरकारी सुरक्षाकर्मीको नियन्त्रणमा आएको छ ।
attack in kabulनिर्वाचन आयोगको मुख्यालयमा आक्रमण गरी नियन्त्रणमा लिने तालिवानी विद्रोहीको समूहका सदस्यलाई मारेर सरकारी फौजले कार्यालय नियन्त्रणमा लिएको हो ।

महिलाको भेषमा आएका बन्दुधारीले आयोग कार्यालयमा आक्रमण गरेपछि दुई पक्षबीच करिब पाँच घण्टासम्म दोहोरो भिडन्त भएको थियो । तालिवानले राष्ट्रपति निर्वाचन आउन एक साता बाँकी छँदा पछिल्लो हमला गरेको हो ।

तालिवानले हरेका मतदान केन्द्रमा अक्रमण गर्ने चेतावनीसहित कर्मचारीलाई निर्वाचन कार्यक्रममा सहभागी नुहने धम्की दिंदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us