एमालेलाई काँग्रेसको प्रस्ताव, ‘गृहविनै सरकारमा आऊ’

काठमाण्डु टुडे २०७० फागुन ६ गते ११:०६ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ६ फागुन – नेपाली काँग्रेसले गृह बाहेकको मन्त्रालय लिएर सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गरेको छ ।

एमालेले गृह मन्त्रालय नपाएसम्म सरकारमा नजाने अडान लिइरहेकाबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाले सरकारमा आउन आग्रह गरेका हुन् ।
एमाले सरकारमा सहभागी नभएपछि कोइराला नेतृत्वमा एक साता अघि गठन भएको दुई सदस्यीय मन्त्रिमण्डल अझै विस्तार हुन सकेको छैन ।

वार्ता समिति सदस्य समेत रहेका काँग्रेस नेता दिपकुमार उपाध्यायले एमालेलाई आफ्नो पार्टीको प्रस्तावबारे जानकारी गराइसकेको बताए ।

उनले मन्त्रिमण्डल विस्तारबारे मंगलबार साँझ एमालेसँग छलफलको तयारी भइरहेको जानकारी दिए । बुधबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीअनुसार काँग्रेसले एमालेसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us