आजदेखि मौसममा सुधार आउने

काठमाण्डु टुडे २०७० फागुन ४ गते २:३६ मा प्रकाशित

काठमाण्डु, ४ फागुन– काठमाण्डु उपत्यकासहित मुलुकका अधिकांश स्थानको मौसममा आजदेखि सुधार आउने भएको छ ।
पश्चिमि वायुको प्रभाव हट्दै गएकाले आज साँझसम्ममा मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानएको छ ।

पश्चिमि वायुको प्रभाव क्रमश: मुलुकको मध्य तथा पूर्वी क्षेत्रमा सरेकाले सूदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौसममा भने पूर्णतया सुधार आइकेको छ । वर्षातसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएका कारण जनजीवन प्रभावित भएको छ ।

वर्षातका कारण हिउँले बाली सप्रने भएपछि किसानहरु भने खुसी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us