
सप्तरी, १ फागुन– सप्तरीको हरिपुर गाविसमा विहीबार दिउँसो भएको भीषण आगलागीमा स्थानीयवासीका २० वटा घर जलेर नष्ट भएको छ ।
हरिपुर गाविस ७ चकदह निवासी नागेश्वर यादवको घरबाट दिउँसो ३ बजे सल्केको आगो फैलिएर भएको आगलागीमा स्थानीय आठ परिवारको २० वटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
आगलागीमा परी खाद्यान्न, लताकपडा, भाँडाकुँडा, फर्निचरलगायतका सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब ३० लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
राजविराज र लहान नगरपालिकाबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको अथक प्रयासमा केही बेरअघि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । रासस