
काठमाण्डु, १ फागुन – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीले जनताप्रति घात गरेको आरोप लगाएका छन् ।
जनयुद्ध दिवसको अवसरमा ललितपुरको कुपण्डोलमा भएको कार्यक्रममा वैद्यले एमाओवादी जनयुद्धको मर्म र भावना बिर्सेर जनताप्रति घात गरेको बताए ।
वैद्यले जनआन्दोलनको उपलब्धि गुम्ने खतरा पनि बढेर गएको भन्दै त्यसका लागि देशभक्त, वामपन्थी र जनवादी गणतन्त्र पक्षधरहरु मिल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा माओवादी प्रवक्ता पम्फा भुषालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई प्रतिक्रियावादीसँग झुकेको आरोप लगाइन् ।