चिनियाँ प्रधानमन्त्रीको १९ वर्षपछि रुमेनिया भ्रमण

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ६:५१ मा प्रकाशित

 रुमेनियाका प्रधान मन्त्री भिक्टोर पान्ताको निमन्त्रणामा चीनका प्रधान मन्त्री ली खछ्याङले सोमबारदेखि बुधवारसम्म रुमेनियाको औपचारिक भ्रमणगर्दैछन । उनले त्यहाँ आयोजना हुने चीन-मध्य तथा पूर्वी यूरोपेली मुलुक शिखर वार्तामा भाग लिने कार्यक्रम छ।li

चीनका उप परराष्ट्र मन्त्री सोङ थाउले भ्रमणबाट चीन-रुमेनिया बीचको वस्तुगत सहयोगमा प्रगति हासिल हुने आशा व्यक्त व्यक्त गरे।उप परराष्ट्र मन्त्री सोङका अनुसार, प्रधान मन्त्री लीको यो भ्रमण उनले प्रधानमन्त्री पद सम्हाल्नेपछिको पहिलो मध्य तथा पूर्वी यूरोपेली मुलुकको भ्रमण हो। अनि विगत 19 वर्षपछि चिनियाँ प्रधान मन्त्रीको पहिलो रुमेनिया भ्रमण पनि हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us