राजावादी प्रदर्शनमा लाठीचार्ज

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १५:४९ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– आज (आइतबार) भएको राजावादी समुहको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाण्डूको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले अवरोध गरेको थियो ।

प्रदर्शनकारी जबरजस्ती बालुवाटार जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।

प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा सहित ५ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ प्रहरीले नियन्त्रणमा लिएको छ । थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us