राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ १८ गते १५:११ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको बताइएको छ । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध काठमाण्डूमा प्रदर्शन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us