बन्दमा जे देखियो (फोटो फिचर सहित)

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ६:२९ मा प्रकाशित

koteshwor1काठमाण्डु, २५ कात्तिक–संविधानसभा चुनावको विरोधमा वैद्य माओवादी नेतृत्वको मोर्चाले सोमबार आह्वान गरेको देशव्यापी आमहड्तालको दिन काठमाण्डु उपत्यका सहित देशभरको जनजीबन प्रभावित भएको छ ।

maitighar

काठमाण्डु उपत्यकामा फाट्ट फुट्ट गाडि चलेका छन् । माइक्रोबस, ट्याक्सी, मोटरसाइकल र केही ठूला गाडि चलेका देखिन्छन् । ट्याक्सीहरुले बन्दको मौका पारेर चर्को भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

gongabu

कोही गाडि नपाएर रिक्सा र ठेलागाडामा यात्रा गर्न बाध्य भएका छन् ।

Thelama-Budhi-Aama

सडकमा बन्दकर्ता भने देखिएका छैनन् । बन्दमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको छ । चोक चोकमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपद र म्यादी प्रहरीलाई खटाइएको छ ।

thapathali-chok

– तस्विरहरु : दिनेश श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us