पेरुका प्रधानमन्त्रीले गभर्नरलाई पद जिम्मा लगाउने

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ९:२२ मा प्रकाशित

Juan Jimenez, Peru's prime minister, announces his resignation.पेरु, १३ कात्तिक– पेरुभियाली प्रधानमन्त्री जुआन जिमेनेज मायोरले मङ्गलबार आफूले प्रधानमन्त्री पदबाट राजिनामा दिने बताएका छन् । प्रधानमन्त्री पदमा स्थानीय गभर्नरलाई प्रतिस्थापित गरिने पनि मायोरले प्रष्ट पारेका छन् ।

जिमेनेजले सन् २०१२ को जुलाई महिनादेखि पेरुको प्रधानमन्त्रीले पद सम्हालेका थिए । स्थानीय एक टेलिभिजन च्यानललाई दिएका एक अन्तरवार्तामा चाँडै नै मन्त्रीपरिषद फेरिने पनि मायोर जानकारी दिएका हुन् ।

‘हरेक मन्त्रिमण्डलको अन्त्य हुन्छ’ जिमेनेजले स्थानीय एक टेलिभिजन च्यानललाई  दिएको  अन्तर्वार्तामा बताएका छन् । स्थानीय गर्भनर सेसार भिल्लानुएभा आरेभालोको नेतृत्वमा मन्त्रीमण्डल परिवर्तन हुने पनि जनाकारी मायोरले दिएका छन् । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us