काठमाण्डू, ९ असार– एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतमा पेस गरीएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको हो ।
सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेत प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज काठमाण्डू ल्याइपुर्याइएको हो ।
अदालतमा अहिले म्याद थपका लागि सरकारी वकिलहरूले र पक्राउ गर्नु नै गलत भन्दै पौडेलपक्षका वकिलहरूले बहसको तयारी गरेका छन् ।
उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ ।