
काठमाण्डू, ८ असार– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र अमेरिकाका जनतालाई धोका दिएको दाबी गरेका छन ।
विदेशमन्त्री अराघचीले ट्रम्पले आफूहरुको कूटनीतिप्रतिको प्रतिबद्धताको दुरुपयोग गरेर इरानलाई धोका दिएको पनि बताए । उनले भने, ‘राष्ट्रपति ट्रम्प अमेरिकालाई महँगो र अन्तहीन युद्धबाट बाहिर निस्काउने वाचामा निर्वाचित भएका थिए।’
उनले ट्रम्पले आफ्ना मतदातालाई पनि धोका दिएको समेत आरोप लगाए । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई संकेत गर्दै भने,‘उनी एक वान्टेड युद्ध अपराधीको उद्देश्यमा झुकेका छन् ।
उनले इजरायली शासनको हितलाई अगाडि बढाउन अमेरिकी जनताको जीवन र सम्पत्तिको शोषण गरिरहेका छन्।’