बूढानीलकण्ठको थानेडाँडा वनमा एक युवक मृत अवस्थामा भेटिए

काठमाण्डु टुडे २०८१ माघ १६ गते १७:३५ मा प्रकाशित

काठमाण्डू, १६ माघ– काठमाण्डूको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित थानेडाँडा सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला परेका छन ।

मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

थापा मृत भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us