सहिदका सपना पूरा गर्न नेतृत्व एक हुनुपर्छः उपमेयर डंगोल

काठमाण्डु टुडे २०८१ माघ १६ गते १४:३३ मा प्रकाशित

काठमाण्डू, १६ माघ– काठमाण्डू महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सहिदको सपना पुरा गर्न सबै एकै ठाउँमा उभिन् आवाश्यक रहेको बताएकी छन ।

आज (बुधाबर) सहिद दिवसका अवसरमा काठमाण्डू महानगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै उपमेयर डंगोलले यस्तो बताएकी हुन ।

उनले सहिदका सपना पूरा गर्न नेतृत्व वर्ग सबै एक हुनुपर्ने बताएकी छन । उनले भनिन्, ‘सहिदहरूले देख्नुभएको सपना र त्यो सपना पूरा गर्न वास्तविक रुपमा सहिदहरूको सपना पूरा गर्नका लागि एकै स्थानमा उभिएर हरेक तहका शासन व्यवस्थाको नेतृत्व उभिनुपर्ने अवस्था आएको छ। त्यसका लागि सम्पूर्ण नेतृत्वदायी भूमिका निभाइरहनुभएको नेतृत्वलाई अनुरोध गर्न चाहन्छु।’

माघ १० गतेदेखि काठमाण्डू महानगरपालिकाले सहिद सप्ताह मनाइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us