अपराध पुष्टि नै नभई पक्राउ गरेर थुन्नु मानव अधिकारको उल्लंघन होः सोबिता गौतम

काठमाण्डु टुडे २०८१ माघ १५ गते १६:५३ मा प्रकाशित

काठमाण्डू, १५ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर मानव अधिकार उल्लंघन गरिरहेको आरोप लगाएकी छन ।

आज (मंगलबार) प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएका हुन । उनले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लंघन गरिरहेको बताएकी छन ।

अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानुनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको सांसद गौतमले बताएकी छन ।

उनले भनिन्, ‘राज्यले अभियोजन गर्न पाउँछ तर थुनेर मात्रै र कानुनअनुसार आवश्यकता पर्दा अनुसन्धान प्रयोजनका लागि थुन भनेकोमा सरकार पक्षबाट कानुनको दुरुपयोग गरेर कानुनी हिसाबले थुन्न पाउँदासम्म थुन्ने अनि बल्ल अभियोजन गर्ने काम भइरहेको छ ।

यो मानव अधिकारको गम्भिर उल्लंघन हो । ’ सरकारले कसैले सार्वजनिक रुपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै त्यसतर्फ उनले ध्यानाकर्षण गराइन् ।

न्यायिक निरुपण गर्ने संस्थाले अपराधी करार गरे जसरि नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर सांसद गौतमको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us