काठमाण्डू, १५ माघ– सरकारले भोलि अर्थात ( १६ माघ)मा शहीद दिवसको अवसरमा राजधानीमा कार्यक्रम गर्ने भएको छ । आज मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन ।
प्रधानमन्त्री र मन्त्रीहरू सो कार्यक्रममा सहभागी हुने पनि उनले जानकारी दिएका छन । सञ्चारमन्त्री गुरुङले भने, ‘भोलि शहीद सप्ताहको अन्तिम दिन हो । शहीद दिवस नेपाल सरकारको तर्फबाट मनाउने काम हुन्छ ।
पहिला शहीदगेट जान्छौं’ ‘प्रधानमन्त्री सहित मन्त्रीज्यूहरू सबैले माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुन्छ । त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्छौं ।’