वामदेव अब आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने

काठमाण्डु टुडे २०८१ माघ १५ गते १४:५९ मा प्रकाशित

काठमाण्डू, १५ माघ– नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अब आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने तयारी गरेका छन । एमालेले र एकीकृत समाजवादी पार्टीले झुक्याएपछि गौतम आफ्नै पार्टी विस्तार गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेका उनी निकट स्रोतले जानकारी दिएको छ ।

एकता अभियानका महासचिव डीबी कार्कीले भने, ‘पार्टीमा वामदेव आउँदैछन्…’ भनेर एमालेले भीम रावलमाथिको कारबाहीपछि पार्टीमा गइरहेको पहिलो रोक्ने काम मात्रै गरेको आरोप लगाए। ‘भीम रावललाई निकालेपछि एमालेमा पहिरो गइरहेको थियो। वामदेव आउँदैछन् भनेर एमालेले त्यो पहिरो रोक्ने काम मात्रै गर्‍यो, ‘शब्दजालमा फसाएर यताउता गर्नुहुन्न ।’

उनका अनुसार अब एकता अभियानले तत्कालका लागि कुनै पनि पार्टीसँग एकता गर्ने छैन। नेकपा (एकीकृत समाजवादी) सँग पनि केही महिना एकता सम्भव नरहेको महासचिव कार्कीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us