माओवादी प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएः प्रमुख सचेतक घिमिरे

काठमाण्डु टुडे २०८१ माघ १५ गते १४:२८ मा प्रकाशित

काठमाण्डू, १५ माघ– सत्ता प्रमुख घटक दल कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको भन्दै आपत्ति जनाएका छन ।

मंगलवार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको बताए ।

बैठक सकिएपछि प्रमुख सचेतक पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए ।

सोही कुराको खण्डन गर्दै उनले आफूले बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई कानूनको रुप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रुपमा टुंग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताए। उनले कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us