संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक, १८ माघमा पहिलो बैठक

काठमाण्डु टुडे २०८१ माघ १५ गते १४:०२ मा प्रकाशित

काठमाण्डू, १५ माघ– संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ ।

सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि २२, २३, २४, २८,२९ र ३० माघमा बैठक बस्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us