काठमाण्डू, १५ माघ– काठमाण्डूबाट धनुषाको जटही आउन लागेको बसमा एकजना यात्री मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा भारतको बिहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदीश यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डूबाट धनुषाको जटही चल्ने मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको बसमा उनी ढल्केबर पुग्दा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
ढल्केबरमा सिटमै मृत फेला परेपछि बसलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जनाएको छ। बस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।