नुवाकोट, १७ मंसिर- नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्षमा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित भएका छन् ।
१ हजार ८५ मत प्राप्त गरी घिमिरे दोश्रो प्रयासमा अध्यक्ष निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत प्राप्त गरे । एमालेका यमबहादुर लामाले ३ सय ४१ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मंगलसिद्धि लामा तामाङले ८३ मत पाए ।
०७९ को निर्वाचनमा उक्त वडा कांग्रेसले जितेको थियो ।
कांग्रेसका तिलकबहादुर लामा ८ सय ८८ मतसहित विजयी हुँदा अहिले निर्वाचित घिमिरेले ७ सय ३४ मत प्राप्त गरेका थिए ।