काठमाण्डु-१६ मा रास्वपा विजयी

काठमाण्डु टुडे २०८१ मंसिर १७ गते ६:३० मा प्रकाशित

काठमाण्डु, १७ मंसिर- काठमाण्डु महानगरपालिका—१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ ।

आइतबार भएको उपनिर्वाचनमा रास्वपाकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित वडाध्यक्ष निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे ।

यस्तै कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ र एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याए । मानन्धरलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको थियो ।

२०७९ वैशाखको निर्वाचनमा उक्त वडामा कांग्रेस निर्वाचित भएको थियो । वडाअध्यक्ष मुकुन्द रिजालको निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us