सप्तरी, १७ मंसिर- सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा नेपालका उम्मेदवार विजयी भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा जसपाले पहिलोपटक खाता खोलेको हो । उक्त वडाको अध्यक्षमा देवेन्द्रप्रसाद यादव निर्वाचित भएका छन् ।
उनले ३ सय ७२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै कांग्रेसका जोगिन्द्र राय अमात २ सय ७७ र जनमत पार्टीका उदयनारायण पण्डितले २ सय ३१ मत प्राप्त गरेका छन् । ०७९ को निर्वाचनमा उक्त वडामा कांग्रेका हरिप्रसाद राय विजयी भएका थिए ।