डोटी, १६ मंसिर-डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाअध्यक्ष कांग्रेसले जितेको छ ।
कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिदेवन्द्वी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरे । माओवादी केन्द्रका देवीलाल थापाले ३६ र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जानकी खड्का कुँवरले ३१ मत प्राप्त गरे ।
आइतबार भएको उपनिर्वाचनमा ८ सय ३९ मत खसेको थियो । उक्त वडामा २०७९ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।
वडाध्यक्ष पुष्पराज जोशीको १४ मंसिर २०७९ मा हृदयघातका कारण निधन भएको थियो ।