स्कुल बसको ठक्करबाट छात्राको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक- धनुषामा स्कुल बसको ठक्कराट स्कुले बालिकाको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका-२ रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोहीकुमारी मण्डलको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजेतिर बा३प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले विद्यालय जाँदै गर्दा आरोहीलाई ठक्कर दिएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । बस पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us