फेसबुकको ब्राउजर भर्सन डाउन

काठमाण्डु टुडे २०८३ साउन ३ गते १४:३७ मा प्रकाशित

काठमाण्डू, ३ साउन– आज (आइतबार) अपरान्ह फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो ।

प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन ।

हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us