काठमाण्डु ६ कात्तिक– उदयपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–५ पूर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राई रहेको उदयपुर प्रहरीले जनाएको छ ।
त्रियुगा नगरपालिका–७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१–००६ ख ५३५२ नम्बरको बसले प्रदेश नम्बर ३–०२–००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना गम्भीर घाइते भएका उनको आर्या न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको उदयपुर प्रहरीले जानकारी दिएको । सथै घटना बारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।