पूर्वडीआईजी जोशीसँग आज पनि बयान शरु

काठमाण्डु टुडे २०८१ कार्तिक ६ गते १२:२७ मा प्रकाशित

काठमाण्डु ६ कात्तिक– सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीसँग आज मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ ।

सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई सोमबार साँझ रुपन्देही ल्याईएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा केही बेर अघिदेखि बयान सुरु भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले जानकारी दिएका छन । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेम राज पौडेल, इलाका प्रहरी कार्यालय बुटवल डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम जारी छ ।

बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धान लागि बयान लिन पठाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us