अर्थमन्त्री पौडेल अमेरिका जाँदै

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते १८:०३ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज सोमबार राति अमेरिकाको वासिङटन डिसी जाने भएका छन् ।

न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ । पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने उनको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us