कांग्रेस दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा छ: मीन विश्वकर्मा

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते १६:५८ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बेला सत्ताको प्रमुख घटक कांग्रेस भने त्यसको विपक्षमा उभिएको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्नो दल दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा रहेको बताएका छन । उनले भने, ‘किन हतारिनु पर्‍यो रु अहिले अध्यादेश किन चाहियो ?’

यसअघि आइतबार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवासहितका नेतासँगको छलफलमा अध्यादेश ल्याउन सहयोग माग गरेका थिए ।

तर देउवाले हतार नगर्न सल्लाह दिएको उनी निकट स्रोतले जानकारी दिएको छ । कांग्रेसको असहमतिका कारण राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सम्भव नभएपछि प्रधानमन्त्री ओलीले सोमबार ५ बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद् ब्रैठक पनि स्थगित गरेका छन् । बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने बत्ताइएको थियो ।

संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने प्रयासमा रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us