काठमाण्डु, ५ कात्तिक– दाङ तुलसीपुरको जंगल बीचको खोलामा एक महिला मृत अवस्थामा भेटिएकी छन । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका – ४ डाँडापानी घर भएकी २८ वर्षीया मिना कठायत दाङ तुलसीपुर उपमहानगरपालिका – ३ स्थित जंगलबीचको अंगेरी खोलामा मृत अवस्थामा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मिना हाल दाङ तुलसीपुर उपमहानगरपालिका – ३ श्रीगैंमा डेरा गरी दुई छोरा छोरीको साथमा बस्दै आएकी थिइन । उनका श्रीमान भने वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेका छन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मिना तीन दिन अघि मात्रै ससुरा कर्णबहादुर कठायत र एक स्थानीयसँग झारफुक गराउन गएकी थिइन्। त्यो दिन उनी घर फर्किएकी उनी अर्को शुक्रबार पनि झारफुक गराउन जाने भनेर घरबाट निस्केकी थिइन् ।
शुक्रबार झारफुक गराउन भनेर गएकी मिना त्यो दिन घर नफर्केपछि ससुरालगायत आफन्त मिलेर खोजी गर्ने क्रममा जंगल बीचको अँधेरी खोलामा शनिबार दिउँसो साढे १ बजेतिर मृत फेला परेकी हुन्।