धनगढीबाट खैरो हिरोइनसहित ६ जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते ११:५७ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– प्रहरीले धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–७, १० र १२ बाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ को मनेहरा शिविर बस्ने २४ वर्षीय नवीन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट २ सय ९० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ । यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकारलाई पक्राउ गरिएको छ ।

ताम्राकारको साथबाट ३ सय ६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका–७ सद्भावना टोलबाट २७ वर्षीय बसन्त चौधरीलाई पनि लागुऔषधसहित पक्राउ गरिएको छ ।

उनको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । लागुऔषधसहित पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us