सितापाइलामा कारमा आगलागी

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते ९:४५ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक- काठमण्डुको सितापाइलामा पार्किङ गरेर राखिएको कारमा आगजनी भएको छ ।

बा.प्र.०२०२९च५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको प्रहरीले जनाएको छ ।

कार काठमाण्डु-१५ सितापाइलामा रहेको एक स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङमा राखिएको थियो ।

कारमा ब्याट्री सर्ट भएको अनुमान प्रहरीको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

उक्त धुवाँ नियन्त्रणमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us