काठमाण्डु, ५ कात्तिक– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने जनाएको छ ।
महाशाखाले हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको औंल्याएको छ ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभावका कारण मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका एक९दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।