प्रहरीमा दुई महिला भए अतिरिक्त महानिरीक्षक

काठमाण्डु टुडे २०८१ कार्तिक ५ गते ८:१६ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक–नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले डिआइजीद्वय किरण राणा र डा।सुन्दरप्रसाद ह्योजुलाई एआईजी बढुवामा सिफारिस गरेको हो ।

राणा प्रशासन समूहबाट र नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत ह्योजु प्राविधिक समूहबाट बढुवा सिफारिसमा परेका हुन् । श्यामलाल ज्ञवाली उमेर हदका कारण अवकाशमा गएपछि रिक्त पदमा राणालाई बुढवा गरिएको हो ।

उमेर हदका कारण राणा पनि १२ दिनपछि अवकाशमा जानेछिन् । यसअघि प्रहरीमा किरण बज्राचार्य अतिरिक्त महानिरीक्षक छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us