राष्ट्रपतिमा निर्वाचित भए एलन मस्कलाइ मन्त्री बनाउने ट्रम्पले गरे घोषणा

काठमाण्डु टुडे २०८१ भदौ ४ गते १४:०६ मा प्रकाशित

 एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति एवं आगामी राष्ट्रपति पदका रे उम्मेदवार डोनाल्ड ­ट्रम्पले राष्ट्रपति निर्वाचनमा आफुले जिते आफ्नो नेतृत्वमा बन्नेसरकारमा टेस्ला कम्पनीका मालिक तथा अर्बपति व्यवसायी एलन मस्कलाई मन्त्री बनाउने घोषणा गरेका छन्।

मस्क वौद्धिक व्यक्ति रहेको भन्दै त्यस्तो व्यक्तिलाई आफ्नो मन्त्रिमण्डलमा समेट्ने भन्दै समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा ट्रम्पले घोषणा गरेका हुन् । केही दिनअघि आफ्नो सामाजिक सञ्जाल एक्समा एलन मस्कले ट्रम्पको अन्तवार्ता गरेपछि ट्रम्पको यस्तो भनाइ  आएको हो ।

अन्तरवार्तामा ट्रम्पले मस्कको अटोमोबाइलको प्रशंसा गर्दै सबैले विद्युतीय कार खरिद गर्नुपर्ने बताएका थिए ।

मस्कले भने यस विषयमा ट्रम्पसँग कुनै कुराकानी नभएको जिकिर गरेका छन् । द वासिङ्टन पोष्टका अनुसार ‘मस्कले यसअघि सन् २०२० को चुनावमा राष्ट्रपति जो बाइडेनलाई समर्थन गरेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us