रुसमा शक्तिशाली भूकम्प, ज्वालामुखी विस्फोट

काठमाण्डु टुडे २०८१ भदौ २ गते ८:०१ मा प्रकाशित

एजेन्सी– रुसमा शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ ।

रुसको कामचटका प्रान्तको पेट्रोपावलोब्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्वतर्फ समुद्री तटमा आइतबार बिहान करिब सात बजेतिर ७ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अधिकारीहरुले तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन् । ज्वालामुखी विस्फोटपछि निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us