बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

काठमाण्डु टुडे २०८१ साउन २६ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, २६ साउन– बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पदबाट राजीनामा दिएका छन् ।
हसनले कानून मन्त्रालयमार्फत राष्ट्रपति समक्ष राजीनामा बुझाएको अज्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अन्तरिम सरकारका कानूनमन्त्री प्राध्यापक आसिफ नजरुलले हसनले शनिबार अपराह्न राजीनामा दिएको पुष्टि गरेका छन् । फेसबुकमा एक भिडियो पोष्ट गर्दै नजरुलले प्रधानन्यायाधीशको राजीनामापत्र राष्ट्रपति मोहम्मद शहाबुद्दिनसमक्ष पेश गरिने बताएका छन ।

सयौंको संख्यामा रहेका आन्दोलनकारी युवाहरुको समूहले राजीनामा मागेर सर्वोच्च अदालत परिसर घेराउ गर्दै नाराबाजी गरेपछि पत्रकारहरूसँग हसनले आफूले पद छाड्ने घोषणा गरेका थिए ।

आफूले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको हसनले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us