
काठमाण्डु, २६ असार- बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पनि राजीनामा दिएका छन् ।
आन्दोलनकारी युवाहरुको समूहले राजीनामा मागेर सर्वोच्च अदालत परिसर घेराउ गरेपछि हसनले शनिबार राजीनामा दिएका हुन् । हजारौं संख्यामा अदालत परिसर बाहिर जम्मा भएका आन्दोलनकारीले हसनविरुद्ध नाराबाजी गरेका थिए ।
अदालत परिसरमा उपस्थित पत्रकारहरूसँग हसनले आफूले राजीनामा दिएको घोषणा गरे ।
आफूले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको बताए ।
औपचारिक रुपमा शनिबार साँझसम्ममा राष्ट्रपति मोहम्मद शहाबुद्दिनसमक्ष राजीनामा पत्र बुझाउँने हसनले जनाए ।