ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन २६ गते ७:२३ मा प्रकाशित

एजेन्सी- ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ ।

पराना राज्यको कास्केवेलबाट साओ पाउलो उडेको वोयपास एयरलाइन्सको एटीआर-७२ जहाज साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विन्हेडो सहरमा स्थानीय समयअनुसार शुक्रबार दिउॅसो साढे १ बजे दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको हो ।

जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जहाजमा सालो पाउलोमा आयोजित सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरूको समूह थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us