बङ्गलादेशमा नयाँ सरकार बन्यो

काठमाण्डु टुडे २०८१ साउन २३ गते ९:५१ मा प्रकाशित

काठमाण्डु, २३ साउन– मङ्गलबार राति बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरीएको छ ।

शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख गरीएको छ ।

राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us