हसिना अब राजनीतिमा नआउने

काठमाण्डु टुडे २०८१ साउन २२ गते १२:५२ मा प्रकाशित

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नआउने घोषणा गरेकी छन । हसिनाको छोरा तथा प्रधानमन्त्री रहँदा हसिनाको पूर्व आधिकारिक सल्लाहकार समेत रहेका सजीव वाजेद जोयले सोमबार बीबीसीसँगको एउटा अन्तरवार्तामा यस्तो बताएका हुन् । परिवारको जोरजर्बजस्तीमै हसिनाले आफ्नो सुरक्षाका लागि देश छाडेको पनि उनले बताएकी छन ।

सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले भारतमा शरणमा पुेगेकी थिइन । जोयका अनुसार हसिनाले आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन् । पछिल्लो घटनाक्रमका कारण आफ्नी आमा निराश बनेको पनि उनले बताएकी छन ।

लड्खडाइरहेको राज्यलाई हसिनाले एसियाको उदीयमान अर्थतन्त्र बनाएको तर आफूले दिएको योगदानको यो फल मिलेकोमा उनी निराश बनेको पनि बताइएको छ । बङ्गलादेशमा हिंसा भड्काउन पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइएको हात रहेको आफ्नो आशङ्का भएको जोयले बताका छन् ।

‘शेख हसिनाले देशलाई उत्तम सरकार दिएकी थिइन्, अब उनी आफ्ना नातिनातिनाहरूसँग समय बिताउनेछिन्, राजनीतिमा फर्कने छैनन् ।’ जोयले भनेका छन् । सञ्चार माध्यमहरूले हसिना भारतबाट लन्डन जान लागेको खबर छापिरहेका छन् । हसिना लन्डन जान लागेको हो भनेर सोधिएको प्रश्नमा जोयले यस्तो निर्णय नभएको जानकारी दिएका छन ।

आफ्नी आमाले लन्डनमा शरण नमागेको र लन्डनसम्बन्धी खबर झुटो भएको पनि उनले बताएका छन । सडकमा रक्तपात नहोस् भनेर आफ्नी आमाले बङ्गलादेश छाडेको पनि जोयले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us