बंगलादेशको आरक्षण विरोधी आन्दोलन सरकारविरुद्ध मोडियो

काठमाण्डु टुडे २०८१ साउन २१ गते ९:०० मा प्रकाशित

काठमाण्डु, २१ साउन– बंगलादेशमा आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसाको रुप लिएको हो ।

सिराजगञ्जमा अत्यधिक मानवीय क्षति भएको छ जहाँ १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन ।

आरक्षण विरोधी आन्दोलनको रूपमा सुरु भएका प्रदर्शन अब सरकार विरोधी आन्दोलनमा बदलिएको छ । विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै अवज्ञा आन्दोलनको घोषणा गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरूको समूहले नागरिकलाई कर वा अन्य बिल नतिर्न अपिल गरेको छ । उनीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न पनि आह्वान समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us