
एजेन्सी- भारत उत्तर प्रदेशको इटावामा बस र कार ठोक्किंदा सात जनाको मृत्यु भएको छ ।
आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक गएराति आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
इटावाका एसएसपी कुमार बर्माले कार लेन छाडेर बसको लेनतर्फ गएपछि दुर्घटना भएको हो । बीबीसीका अनुसार कार चालक निदाएका कारण दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा कारमा सवार तीन र बसमा सवार चार जना छन् ।
बसमा ६० जना सवार रहेकामा २५ जना घाइते भएका छन् ।