
एजेन्सी– अमेरिकी पूर्व डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहस गर्ने अमेरिकी प्रसारक फक्स न्युजको प्रस्तावलाई स्वीकार गरेका छन् । यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय थियो ।
बाइडेन चुनाव दौडबाट बाहिरिएपछि ह्यारिस उनको ठाउँमा बहसमा भाग लिन राजी भएकी थिइन् । तर, बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि ट्रम्पले अब एबीसी न्युजमा बहस सकिएको धोषणा गरेका थिए ।
यता, कमला ह्यारिसले फक्स न्युजमा हुने बहसको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन्। यदि फक्स न्युजमा यो बहस भयो भने यो अमेरिकी राष्ट्रपति चुनावको दोस्रो सार्वजनिक बहस हुनेछ भने ह्यारिस र ट्रम्पबिचको पहिलो । फक्स न्युजको यो बहस पेन्सिलभेनियामा हुनेछ।