भारतको केरलमा पहिरो: एक नेपालीसहित ३६ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन १५ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, १५ साउन– भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म एक नेपाली सहित ३६ जनाको मृत्यु भएको छ । मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको उक्त समाचारमा उल्लेख गरीएको छ । टाइम्स अफ इन्डियाले थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको समाचारमा उल्लेख गरेको छ । यसबारे विस्तृत विवरण भने आइसकेको छैन।

केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us