इजरायली आक्रमणमा ८१ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ साउन ३ गते १३:०१ मा प्रकाशित

एजेन्सी– इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको अनुमान गरीएको छ । मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन ।

गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित प्यालेष्टिनी नागरिकहरू बसिरहेका कम्तीमा ८ ओटा विद्यालयमाथि आक्रमण गरेको प्यालेष्टिनी शरणार्थीका लागि राहत कार्य गर्ने संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले जानकारी दिएको छ ।

गाजामा इजरायलको युद्धमा अहिलेसम्म कम्तीमा ३८ हजार ७९४ जनाको मृत्यु भएको छ भने ८९ हजार ३६४ जना घाइते भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us