पुरुषले पुरुषलाई बलात्कार गर्न खोज्दा एकको मृत्यु !

काठमाण्डु टुडे २०८२ असार ८ गते १८:४९ मा प्रकाशित

काठमाण्डू, ८ असार– ठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–५ टुसालमा एक पुरूषको हत्या भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराका अनुसार बारा निजगढका ३२ वर्षीय कृष्ण लामाको शनिबार राति हत्या भएको हो । हत्या आरोपमा चार जनालाई पक्राउ गरिएको बोहराले जानकारी दिए ।

पक्राउ पर्नेमा मकवानपुर घर भई टुसाल बस्ने विकास लामा, निजगढ–७ का सुगन्द लामा, सौगात क्षेत्री र निशान जिम्बा छन् ।

पक्राउ परेका विकास लामाले बहिनीको जन्मदिन मनाउन उनीहरुलाई टुसालस्थित आफ्नो डेरामा बोलाएका थिए । बहिनीको जन्मदिन मनाएपछि उनीहरुले राति अबेरसम्म सँगै मदिरा पिए । मृतक कृष्ण र विकास एउटै खाटमा सुतेका थिए । राति आफ्नो संवेदनशील अंगमा समातेको र यौन दुर्व्यवहार प्रयास गरेकाले आबेगमा आएर हिर्काको विकासले बताएका छन् ।

आफूले ४/५ पटक मुक्काले हिर्काएपछि कृष्ण रगताम्मे भएर ढलेको बयान विकासले दिएका छन् । सँगै रहेका हरुले छुट्याउने प्रयास गरेका थिए ।

तर, कृष्ण ढलेपछि विकासले लात्तीले संवेदनशील अंगमा हिर्काए । उनको घटनास्थलमै तत्काल मृत्यु भएको थियो । यसैबीच पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत काठमाण्डूबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us