मेटमणि चौधरीविरुद्धको जाहेरी फिर्ताका लागि प्रहरीमा पत्राचार

काठमाण्डु टुडे २०८२ असार ८ गते १८:५७ मा प्रकाशित

mani काठमाण्डू, ८ असार– नेकपा एकीकृत समाजवादीका सांसद् मेटमणि चौधरीविरुद्ध चेक अनादर कसुरमा जाहेरी दिएका व्यवसायीले जाहेरी फिर्ताका लागि प्रहरीमा निवेदन दिएका छन् ।

दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जाहेरी फिर्ताका लागि निवेदन परेको पुष्टि गरे ।

रोल्पाका निर्माण व्यवसायी धात बुढामगरले चौधरीविरुद्ध ५ करोड ४० रुपैयाँको चेक अनादरसम्बन्धी जाहेरी हुलाकमार्फत पठाएका थिए । प्रहरीले उनलाई जाहेरी सनाखतका लागि बोलाएको थियो ।

तर, उनी प्रहरी कार्यालयमा उपस्थित भएर सनाखत नगरेका कारण औपचारिक रुपमा उजुरी दर्ता भएको थिएन । हुलाकमार्फत आएको उजुरी सम्बन्धित व्यक्तिले सनाखत नगर्दासम्म दर्ता गर्न नमिल्ने एसपी तिमिल्सनाले उल्लेख गरे ।

उनका अनुसार उजुरी फिर्ताका लागि समेत सम्बन्धित उजुरीकर्ता आफैं कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us